News Griha :: न्यूजगृह
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा जारी खेलमा नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ५८ रन बनाए ।

सोमपाल कामीले ४८ रनको इनिङ खेले । भारतीय टोलीका लागि फास्ट बलर मोहम्मद सिराज र स्पिनर रवीन्द्र जडेजाले ३/३ विकेट लिए भने मोहम्मद शामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले १/१ विकेट ​लिए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:५४
Weather Update