News Griha :: न्यूजगृह
इंग्लिस प्रिमियर लिगमा आर्सनलले युनाइटेडलाई ३–१ ले हरायाे

काठमाडौं— इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ ।

इमिरेट्समा भएको खेलमा आर्सनलका लागि डेक्लेन राइस र ग्याब्रिएल जेससले दोस्रो हाफको इन्ज्युरी समयम गोल गरे  ।

मार्कस रसफोर्डको गोलमा युनाइटेडले सुरुआती अग्रता लिएको थियो । लगत्तै मार्टिन ओडेगार्डले बराबरी गोल फर्काए ।

जितपछि आर्सनल ४ खेलबाट १० अंकका साथ पाँचौं स्थानमा रहेको छ । युनाइटेड भने ४ खेलबाट ६ अंकमा सीमित छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०७:३०
Weather Update