News Griha :: न्यूजगृह
पीएसजीले हरायो लियोनलाई, एमबाप्पेले गरे २ गोल

काठमाडौं— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनलाई ४—१ ले पराजित गरेको छ ।

गएराति भएको फ्रेन्च लिग वानमा पीएसजीका केलिएन एमबाप्पेले २ गोल गरे । खेलको दोस्रो मिनेटमै उनले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरे । त्यसबीचमा अच्रफ हिकमीले २०औं र मार्को असेन्सिओले ३८औं मिनेटमा गोल गरे ।

कोरेन्टिन टोलिसोले दोस्रो हाफमा लियोनका लागि सान्त्वना गोल फर्काए । यस सिजन ४ खेलमा दोस्रो जित निकालेको पीएसजी ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट १० अंकसहित मोनाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:५८
Weather Update