News Griha :: न्यूजगृह
म्यानमारविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं— म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । फिफा विन्डो अन्तर्गत नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई खेल खेल्दैछ । दुवै खेल म्यानमारको याङ्गुनमा हुनेछ । आगामी अक्टोबरमा हुने विश्वकप छनोटको लागि नेपाल तयारी गरिरहेको छ ।

गत जुनमा भारतको बेंगलोरमा भएको साफ च्याम्पियनसिप खेलेको टिममा रहेको टोलीमा १० खेलाडी परिवर्तन भएको छ । आशिष गुरुङ, अञ्जन राई, छिरिङ लामा, उत्सव राई, हिसुब थपलिया, जिलेस्पीजंग कार्की र कृतिशरत्नछुञ्जु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।

साफ खेलेको टिमबाट कप्तान किरणकुमार लिम्बुसहित दिप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, एरिक विष्ट, लकेनलिम्बु, आवास लामिछाने, आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी र आशिष चौधरीले निरन्तरता पाएका छन् । गोलकिपर अभषेक बरालसहित डिफेण्डरहरु आशिष गुरुङ, अञ्जन राई र छिरिङ लामा मिडफिल्डरद्वय उत्सव राई र कृतिशरत्नछुञ्जु तथा फरवार्ड जिलेस्पीजंग कार्की, दिनेश हेन्जनहिसुब थपलिया टिममा थपिएका छन् ।

साफ खेलेको टिममा रहेका विमल पाण्डे, देवेन्द्र तामाङ, सिमान्त थापा, विमल घर्ती मगर, विशाल श्रेष्ठ, मणि कुमार लामा र नविन लामा टिममा छैनन् । निशान खड्का, पुजन उपरकोटी र दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पलायन भइसकेका छन् ।

नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द,  अञ्जन राई,  छिरिङ लामा

मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिशरत्नछुञ्जु

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन,हिसुब थपलिया

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:१९
Weather Update