News Griha :: न्यूजगृह
महिला टी–२० : भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी
फाइल तस्बिर ।

काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गर्‍यो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । त्यस्तै, जितका लागि कविता जोशीले ९, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाए। अन्य ब्याट्सम्यान चल्न सकेनन । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १–१ विकेट लिए ।

यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डङ्गोलले१–१ विकेट लिए । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:५७
Weather Update