इंग्लिस प्रिमियर लिगमा फूलहममाथि सिटीको सानदार जित

काठमाडौं— इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फूलहममाथि सानदार जित निकालेको छ । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा सिटीले ५–१ को फराकिलो जित हात पारेको हो ।
यस्तै नाथन बेन्जामिन र जुलियन अल्भारेजले १–१ गोल गरे । ३१औं मिनेटमा जुलियन अल्भारेजले सिटीलाई अग्रता दिलाएका थिए तर त्यसको २ मिनेटपछि नै टिम रेमले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।
पहिलो हाफको अन्तिम मिनेटमा नाथन अकेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने ५८औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर बनाए ।
त्यसपछि हालान्डले थपिएको समयको पाँचौं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । जितसँगै सिटी लिगको पहिलो स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० ०७:१०