News Griha :: न्यूजगृह
आईसीसी महिला टि–२० : भुटानसँग खेल्दै नेपाल

काठमाडौं— नेपालले आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा आइतबार भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

नेपालले मंगलबार कतार र बुधबार यूएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।

शीर्ष २ टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने २ टोलीले २०२४ मा ग्लोबल महिला टि–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०६:५४
Weather Update