भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द, दुबै टोलीले अंक बाँडे

काठमाडौं— श्रीलंकामा भएकाे एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
शनिबार साँझ श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियमा भारतले दिएको २६७ रनको लक्ष्यमा वर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएन् । खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भयो । भारतका उपकप्तान हार्दिक पान्ड्याले ८७ र इशान किशनले ८२ रनको अर्धशतकीय पारी खेले ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ विकेट लिए भने हरिस रउफ र नसिम शाहले ३/३ विकेट लिए ।
यसअघिको खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ । अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० ०६:०२