क्रिकेट
एसिया कप क्रिकेट : उपाधिका प्रमुख दुई दाबेदार भारत र पाकिस्तान भिड्दै

काठमाडौं— एसिया कप क्रिकेटमा आज शनिबार उपाधिका प्रमुख दुई दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बने श्रीलंकाको पालेकेले क्रिकेट मैदानमा हुनेछ । भारतका रोहित शर्मा र पाकिस्तानको बाबर आजमले टोलीको कप्तानी गर्दैछन् ।
पाकिस्तानको टोलीमा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ छन् ।
भारतको टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण
सन्जु स्यामसन (वैकल्पिक) छन् ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० ०८:४७