News Griha :: न्यूजगृह
भरतपुर क्रिकेट रंगशाला निर्माण सरकारले अघि बढाउने 

काठमाडौं— कलाकार धुर्मुस–सुन्तली फाउण्डेसनले अलपत्र बनाएको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम सरकारले अघि बढाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माण अघि बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि निर्माणको काम भने युवा तथा खेलकुद मन्त्रालय मार्फत् अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २०:५०
Weather Update