पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गरेका हुन् । पारसले २३ मत पाउँदा उमेशले १४ मत प्राप्त गरे ।
उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए भने सचिवमा प्रशन्न शाक्य निर्वाचित भएका छन् । सन्जय बस्नेत कोषाध्यक्षमा निर्वाचित भए ।
सदस्यतर्फ अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १९:१३