नेपाली समाजमा लोकगीतले गहिरो जरा गाडेको छ : संस्कृतिमन्त्री किराँती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लोकगीतले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित नारायण रायमाझी सांगीतिक साँझ २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले लोकगीतले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको बताएका हुन् ।
उनले भने,‘लोकगीतले नै समाज र संस्कृतिमा गहिरो जरा गाडेको छ । गुरुङ, मगर समुदायमा रोदी गाइन्छ । त्यसमा महिलाले नेतृत्व गर्दछन् भनिन्छ नेतृत्व मात्र होईन मातृसत्तात्मक व्यवस्थाको परिचय पनि हो ।’
उनले आफ्नो स्व.बुबाको २ महिनाको पेन्सन राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानलाई सहयोग गर्ने पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १८:१४