News Griha :: न्यूजगृह

काठमाडौं ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले अनुबन्ध गरेका भुटानका कप्तान चेन्चो ग्याल्सेनलाई सार्वजनिक गरेको छ ।

मछिन्द्रले सोमबार गरेको कार्यक्रम क्लब र चेन्चोबीच अनुबन्ध सम्झौता पनि भएको छ । मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले अनुबन्धको सम्झौता पत्रमा हस्ताक्षर गरे ।

चेन्चोले नेपाली लिग खेल्न उत्साहित रहेको बताए । भुटानी रोनाल्डोको नामले चर्चित चेन्चो भुटानका सर्वाधिक गोलकर्ता समेत हुन् ।जारी लिगमा सोचेअनुसारको प्रदर्शन गर्न नसकेको मछिन्द्रले चेन्चोको आगमनपछि राम्रो प्रदर्शन गर्ने विश्वास राखेको जनाएको छ । मछिन्द्र ५ खेलबाट ५ अंकसहित ११ औं स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २०:०५
Weather Update