News Griha :: न्यूजगृह
उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताः ब्वाइज र गर्ल्स दुवैको उपाधि बौद्ध इन्टरनेसनललाई

काठमाडौं— बौद्ध इन्टरनेसनल स्कुलले उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको ब्वाइज र गर्ल्स दुवैको उपाधि जितेको छ ।

गोकणेश्वरको अत्तरखेलमा भएको ब्वाइजतर्फको फाइनलमा बौद्धले टेरेसा एकेडेमीलाई ६३–४२ ले पराजित गर्‍यो । त्यसमा आरोहण श्रेष्ठले ३१ अङ्कको व्यक्तिगत योगदान दिए । गर्ल्सतर्फको फाइनलमा भने बौद्धले एनसीसीएसलाई३८–३० ले पराजित गर्‍यो । बौद्धलाई रोमाञ्चक जित दिलाउन सजना खत्रीले सबैभन्दा बढी भूमिका खेलिन् र उनले सर्वाधिक १३ अङ्कको योगदान गरिन् ।

पूरा प्रतियोगितामै ब्वाइजतर्फ फुर्वा छेतेन र गर्ल्समाएनसीसीएसकीदिभा महर्जन सर्वाधिक अङ्क बटुल्ने खेलाडी रहे ।

यस्तै ब्वाइजतर्फ आरोहण तथा गर्ल्सतर्फ बौद्धकी डिकी चेनजोम‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिए । मनासलु वर्ल्ड स्कुल प्रतियोगिताको ‘फियर प्ले टिम’ घोषित भयो । प्रतियोगिताको छैटौँ संस्करणमा ब्वाइजतर्फ २४ तथा गर्ल्सतर्फ १६ टिम गरेर कुल २९ स्कुलको सहभागिता थियो । प्रतिस्पर्धा लिगकम नकआउटको आधारमा भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:२५
Weather Update