News Griha :: न्यूजगृह
मेसी आबद्ध भएपछि पहिलो पटक मायमी बराबरीमा रोकियो

काठमाडौं— अर्जेन्टेनी स्टार लिओनल मेसी आबद्ध इन्टर मायमी बराबरीमा रोकिएको छ ।  बिहीबार बिहान भएको मेजर सकर लिगअन्तर्गत खेलमा मायमीले नाश्भिलसँग बराबरीमा रोकिएको हो । 

मेसी आबद्ध भएपछि लगातार जित निकाल्दै आएको मायमी पहिलो पटक गोलरहित बराबरीमा रोकिएको हो ।

यसअघि मायमीले अमेरिकाको लिग्स कप जित्दा युएस ओपनको फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०९:४७
Weather Update