नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

काठमाडौं— आईसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।
नेपालले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ३८ रन बनाएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ०८:४४