News Griha :: न्यूजगृह
एसिया कप क्रिकेट : नेपालका कुन खेलाडी कति रनमा आउट भए ?

काठमाडौं—  एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ । खेलको प्रारम्भमै नेपालका ३ खेलाडी आउट भएका छन् । नेपालले पहिलो ओभरमै २ विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए ।

उनले कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलको विकेट लिएका हुन् । भुर्तेलले ४ बल खेल्दै २ चौका हिर्काउँदै ८ रन बनाए । यस्तै पौडेलले बिनारन आउट भए । यस्तै नेपालले तेस्रो विकेटका रूपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो ।

उनलाई नशिम शाहले आउट गरे । शेखले ५ बल खेल्दै एक चौकाको मद्दतमा मात्र ५ रन बनाए । यो समाचार तयार पार्दासम्म नेपालले १४ ओभरमा ३ विकेट गुमाउँदै ७३ रन बनाएको छ । अहिले आरिफ शेख र सोमपाल कामी क्रिजमा छन् ।

यसअघि मुल्तान रंगशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:५२
Weather Update