पाकिस्तानका यी बलरले लिए सुरुआतमै विकेट
काठमाडौं— एसिया कप क्रिकेटमा पाकिस्तान र नेपालबीच खेल जारी छ । पाकिस्तानले नेपाललाई जितका लागि ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ ।
नेपालले खराब सुरुआत गरेको छ । नेपालले सुरुको दुई ओभरमा ३ विकेट गुमाएको छ । शाहिन अफ्रिदीले कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई आउट गरे ।
दोस्रो ओभरको चौथो बलमा आरिफ शेख पनि आउट भए । नसिम शाहको बलमा उनलाई इफ्तिखार अहमेदले क्याच गरे ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १९:५८