एसिया कप : नेपालविरुद्ध जसले प्रहार गरे शतक

काठमाडौं— एसिया कप–२०२३ अन्तर्गत नेपालले पाकिस्तानविरुद्ध खेलिरहेको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टाेलीका कप्तान बाबर आजमले शतक प्रहार गरेका छन् ।
उनले १०९ बलमा १० चौका बनाएर ४१.२ ओभरमा शतक पूरा गरे ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १८:३१