सन्दीप लामिछानले लिए पहिलो विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं— पाकिस्तानविरुद्ध सन्दीप लामिछानले पहिलो विकेट लिएका छन् । उनले आघा सलमानलाई पाँच रनमै आउट गरेका हुन् ।
योसँगै नेपालले पाकिस्तानविरुद्ध चौथो विकेट लिएको छ । पाकिस्तानका मोहमद रिवाज ४४ रन बनाउँदा रनआउट भएका हुन् ।
२३.४ ओभरमा सन्दीप लामिछानलेको बल रिजवानले फेस गरेका थिए । यस क्रममा दीपेन्द्र सिंह ऐरीले बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गर्दा उनी आउट भएका हुन् ।
यस्तै, नेपालका लागि दोस्रो विकेटमा कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका थिए ।
यसैगरी, करण केसीले पहिलो विकेट लिएका थिए । उनले ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १७:१५