News Griha :: न्यूजगृह
नेपालले लियो पाकिस्तानको तेस्रो विकेट

काठमाडौं— पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । पाकिस्तानका मोहमद रिवाज ४४ रन बनाउँदा रनआउट भएका हुन् ।

२३‍.४ ओभरमा सन्दीप लामिछानलेको बल रिजवानले फेस गरेका थिए । यस क्रममा दीपेन्द्र सिंह ऐरीले बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गर्दा उनी आउट भएका हुन् ।

यसअघि नेपालका लागि दोस्रो विकेटमा कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका थिए । 

यस्तै, करण केसीले पहिलो विकेट लिएका थिए । उनले ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:०१
Weather Update