News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा एपीएफ र संकटा विजयी 

काठमाडौं—  शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणको पहिलो दिन नेपाल एपीएफ क्लब र संकटा क्लब विजयी भएका छन् ।

ललितपुरको च्यासल मैदानमा भएको विभागीय डर्बीमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० ले हरायो । एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले गोल गरे ।

दुवै गोल दोश्रो हाफमा भएको थियो । यो जितपछि एपीएफले ६ खेलबाट १० अंक जोडेको छ र पाँचौं स्थानमा उक्लेको छ । सिजनमा खराब खेलिरहेको पुलिसको भने यो पाँचौं हार हो । ६ खेलबाट एक अंक मात्रै रहेको पुलिस अन्तिम स्थानमा छ । यस्तै सातदोबाटोमा भएको खेलमा संकटाले खुमलटारलाई १–० ले हरायो ।

संकटाका लागि खेलको २७ औं मिनेटमा जुनियर अनगुनेले निर्णायक गोल गरे । संकटा ६ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । खुमलटार ६ अंकसहित नवौं स्थानमा छ । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:३४
Weather Update