News Griha :: न्यूजगृह
स्पेनिस ला लिगामा मड्रिडको सानदार जित

काठमाडौं— स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा रायो भ्यालेकानोलाई ७–० गोल अन्तरले हराउँदै मड्रिड विजयी भएको हो ।

मड्रिडका लागि एल्भारो मोरटाले २ गोल गरे । एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले एक–एक गोल गरे गरेका थिए ।

जितसँगै मड्रिड ३ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:३१
Weather Update