News Griha :: न्यूजगृह
कांग्रेसले बीपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाडौं— नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११० औं बीपी जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले जननायक बीपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बीपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २१:०६
Weather Update