News Griha :: न्यूजगृह
सन्दीप एसिया कप खेल्न साेमबार पाकिस्तान जाँदै

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन सोमबार पाकिस्तान जाँदैछन् ।

सन्दीपविरुद्धको बलात्कार मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एसिया कप खेल्न पाकिस्तान जान लागेका हुन् ।

एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् ।

एसिया कपमा समूह ‘ए’ मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:४०
Weather Update