News Griha :: न्यूजगृह
बायर्नको जितमा नायक बने केन

काठमाडौं— बायर्न म्युनिखले आइतबार जर्मन बुंडेसलिगामा असबर्गलाई ३–१ ले पराजित गरेको छ । बायर्नको जितमा कप्तान ह्यारी केनले २ गोल गर्दै उनी खेलको नायक बने ।

यससँगै बायर्नले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्न सफल भएको छ । केनले यो खेलसँगै बायर्नका लागि आफ्नो घरेलु मैदानमा डेब्युसमेत गरेका छन् ।

उनले खेलको ४० र ६९ औं मिनेटमा गोल गरे । त्यसमध्ये पहिलो गोल पेनाल्टीबाट भएको थियो । बायर्नको २ खेलबाट ६ अंक भएको छ ।    

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:१४
Weather Update