इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

काठमाडौं— इंग्लिस प्रिमियर लिगमा लिभरपुलले न्युकासल युनाइटेडलाई पराजित गरेको छ । आइतबार राति न्युकासलको घरेलु मैदानमा भएकाे खेलमा लिभरपुलले २—१ को जित निकालेको हो । लिभरपुलका लागि न्युनेजले खेलको अन्त्यतिर २ गोल गर्दै जित दिलाए ।
लिभरपुलका उपकप्तान ट्रेन्ट एलेक्जेन्डर आर्नल्डले मिडफिल्डमा दिएको ब्याक पास रोक्न नसक्दा न्युकासलका गोर्डनले उक्त बललाई पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरे । साे गाेल गरे पनि न्युकासलले खेल जित्न भने सकेन ।
अन्त्यमा नतिजा लिभरपुलकै पक्षमा भयाे । यस जितसँगै लिभरपुलको ३ खेल ७ अंक भएको छ । न्युकासल भने ३ खेलमा ३ अंकसाथ १३ औं स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० ०८:०५