ललिता निवास प्रकरण : बहालवाला सचिव राउत र सहसचिव वैद्यमाथि कीर्ते मुद्दा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालय तानिएका सहसचिव सुशील वैद्यमाथि मुद्दा चलाइएको छ ।
उनीहरूविरुद्ध ललिता निवास परिसरको जग्गा हिनामिना गरी कीर्ते गरेको अभियोगमा मुद्दा चलाइएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उनीहरूको नाम समावेश भएको छ ।
सरकारी पदमा बहाल रहेका उनीहरू नै सबैभन्दा उपल्लो तहका कर्मचारी हुन् । सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी उठाएका थिए ।
यस्तै, सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएको आरोपमा छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वैद्यलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १२:५०