News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : दाङका सीडीओ वैद्य गृह मन्त्रालयमा तानिए

काठमाडौं— गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुशील वैद्यको सरूवा गरेको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका सीडीओ वैद्यलाई गृह मन्त्रालयमा तानिएको हो । उनलाई मन्त्रालयको जगेडामा राखेको छ । 

दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सीडीओ वैद्यको सरुवा भएको पुष्टि गरेकी हुन् । ‘उहाँको सरूवा भएको हो, सरूवाको जानकारी पत्र आइपुगेको छ,’ उनले भनिन् ।

मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीडीओ वैद्यलाई मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:१४
Weather Update