इन्डियन आइडल–१३ को उपाधि ऋषि सिंहलाई

काठमाडौं— इन्डियन आइडल–१३ को उपाधि ऋषि सिंहले जितेका छन् ।
चर्चित गायन रियालिटी शो इन्डियन आइडलको १३औं सिजनको मुम्बईमा भएको फाइनलमा अन्य पाँच प्रतिपस्पर्धीलाई पराजित गर्दै अयोध्याका सिंहले उपाधि जितेका हुन् ।
प्रतिस्पर्धी देबोस्मिता रोय र चिराग कोतवाल क्रमशः पहिलो र दोस्रो रनरअप भए । कार्यक्रममा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड निर्णायक थिए ।
विजेता सिंहले पुरस्कारको रूपमा २५ लाख रुपैयाँको चेक र कार पाएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ ०९:००