News Griha :: न्यूजगृह
रियल म्याड्रिडको फराकिलो जित,बेन्जेमाको ह्याट्रिक

काठमाडौं— रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित हासिल गरेको छ ।

कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेको खेलमा म्याड्रिडले घरेलु मैदानमा ६–० को फराकिलो जित हासिल गरेको हो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको २२औं मिनेटमा रोड्रिगोले रियलको जितका लागि खाता खोलेका थिए । त्यसपछि कप्तान बेन्जेमाले २९औं, ३२औं र ३६औं मिनेटमा निरन्तर गोल गरेर ह्याट्रिक गरे ।

पहिलो हाफमा नै ४–० को अन्तरले खेल अघि बढ्याे । त्यसैगरी दोस्रो हाफको ६५औं मिनेटमा रोड्रिगोले गरेको गोलले भिएआर रेकर्डबाट मान्यता नपाए पनि ७३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ५–० ले अघि बढाए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा लुकास भास्क्वेजले थप गोल गर्दै रियललाई ६–० को सानदार र फराकिलो अन्तरको जित दिलाए ।

जितसँगै रियलको २७ खेलबाट ५९ अंक बटुलेको छ भने पराजित रियल भालाडोलिड २८ अंक जोडेर रेलिगेसनको १६औं स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०८:५२
Weather Update