News Griha :: न्यूजगृह
धरानमा निषेधाज्ञा जारी

काठमाडौं— जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेको छ ।

जातीय र धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भएकाले शुक्रबार राति १२ बजेदेखि भदौ ९ गते राति १२ सम्म धरानका सबै २० वटै वडामा लागुहुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले साम्प्रदायिक हिंसा भड्किन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रजिअ पाण्डेकाअनुसार ‘धरानमा गोरु काट्न पाउनुपर्छ’ भनी सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको विषयमा शनिबार र्‍याली गर्ने भनि प्रचारप्रसार गरिएको सन्दर्भमा शुक्रबार सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:३९
Weather Update