News Griha :: न्यूजगृह
अग्रजको सम्मानबिना राष्ट्रको सम्मान हुँदैन : कुलपति राई

काठमाडौं— नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्र निर्माणमा योगदान गर्ने अग्रजको सम्मानमा कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन् ।

राष्ट्रिय विभूति जय पृथ्वीबहादुर सिंहको १४७औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले अग्रजको सम्मानबिना राष्ट्रको सम्मान नहुने बताए ।

उनले भने,‘हाम्रो देश, समाज, समुदाय जसरी निमार्ण भएको छ त्यो निमार्णको लागि योगदान दिने हाम्रो पूर्वजलाई सम्झिनुपर्छ । उहाँलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले जन्मजयन्ती मनाउने गरेका छौं । जय पृथ्वीबहादुर सिंहको विषयमा पनि कार्यक्रम गर्न पाउँदा खुसी लागेको छ । उहाँले देशलाई जे दिनु भएको छ त्यसको आधारमा नै उहाँलाई विभूति घोषित गरिएको हो ।’

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:४४
Weather Update