News Griha :: न्यूजगृह
अस्ट्रेलियाको भिसा रद्दबारे समीक्षाले के बोलिन् ?  

काठमाडौं— गायिका समिक्षा अधिकारीले अस्ट्रेलियाको आफ्नो भिसाबारे प्रस्टीकरण दिएकी छिन् ।अस्ट्रेलियाले भिसा रद्द गरिदिएको समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएकी हुन् ।

उनले आफ्ना विषयमा आएका समाचारबाट आफैं आश्चर्य चकित भएको स्टाटसमा लेखेकी छिन् ।  उनले लेखेकी छिन्,‘आज सामाजिक सञ्जालमा मेरो बारेमा आएका न्युजहरू हेरेर म आफै आश्चर्य चकित भएकी छु । हुन त मैले यो भन्दा ठुलो प्रहारहरु खपिसकेकी छु । तै पनि आज सामाजिक सञ्जालमा आएको कुराले म अस्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदी बहिनीहरूलाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ती के भयो ।’

उनले आफ्नो भिसाको निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने भएको र त्यो आफूले पठाएको समेत खुलाएकी छिन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:०६
Weather Update