
काठमाडौं— भारतीय गायिका शिल्पा राव नेपाल आएकी छन् । शुक्रबार सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन काठमाडौं उत्रिएकी गायिका राव बिहीबार दिउँसो काठमाडौं उत्रिएकी हुन् ।
काठमाडौं उत्रिएलगत्तै पत्रकारसँग उनले नेपालको खुलेर प्रशंसा गरिन् । उनले भनिन्, ‘आप बहुत सुन्दर जगह मे रहते है ।’
लगत्तै गीत गुन्गुनाएकी उनले पत्रकारसमक्ष ‘जो भी है सब मेरा, तेरे हवाला कर्दिया’ सुनाइन् । तपाईको काठमाडौंमा एक्सपेक्टेशन के हो ? पत्रकारको प्रश्नमा उनले भनिन्, ‘एक्पेक्टेशन हम पर्फम गर्न चाहाते है, आप दिलसे सुनिए और हम बहत मजे गर्ने वाले है द्याटस् इट ।’
उनले पत्रकारको आग्रहमा विमानस्थलमै अर्को गीत समेत गुनगुनाएकी थिइन् । रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रममा भाग लिन राव पहिलोपटक नेपाल आएकी हुन् ।