‘मिस नेवाः’ को उपाधि सकिना महर्जनलाई

काठमाडौं— नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ को उपाधि सकिना महर्जनले जितेकी छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् । १७ युवतीले अन्तिम स्पर्धा गरेको १७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फष्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशामहर्जनले जितेका छन् ।
मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन्।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० २०:११