News Griha :: न्यूजगृह
स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

काठमाडौं— इंग्ल्यान्डलाई १—० गोलले हराउँदै स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

स्पेनले २९औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई उपाधि दिलाइन् ।

स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १/१ पटक विश्वकप जितेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:१७
Weather Update