News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल भन्छन्— कुनै जमानामा कलाकार बन्ने इच्छा थियो  

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै जमानामा आफूलाई कलाकार बन्ने इच्छा भएको बताएका छन् ।

शनिबार साँझ गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिस्पर्धा हेर्न ललितपुरको गोदावरी पुगेका प्रधानमन्त्री दाहालले विगतमा आफूलाई कलाकार बन्ने इच्छा लागेको बताएका हुन् ।

उनले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको बताए ।

उनले भने,‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोपटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरें । आउने दिनमा पनि गर्ने नै छु ।’

उनले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताए ।

उनले कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्न भूमिका खेल्ने पनि बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:५६
Weather Update