News Griha :: न्यूजगृह
मेस्सी आबद्ध इन्टर मायमीले जित्यो लिग कप

काठमाडौं— चर्चित फुटबलर लियोनल मेस्सी आबद्ध इन्टर मायमीले अमेरिकाको लिग कपको उपाधि जितेको छ ।

नेपाली समयअनुसार आइतबार बिहान भएको फाइनल खेलमा नाश्भिल एससीलाई सडन डेथमा १०–९ गोलले पराजित गर्दै मायमी उपाधि जितेको हो ।

निर्धारित समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा दुवै टिमका ११/११ खेलाडीले पेनाल्टी प्रहार गरे ।

१०–१० पेनाल्टी हान्दा पनि खेल बराबरी भएपछि एघारौं पेनाल्टीमा नाश्भिलका गोलकिपर इलिएट पिनाको असफल हुँदा मायमीले उपाधि जित्न सफल भयो ।

उनको पेनाल्टीमा मायमीका लागि ड्रेकले विफल पारिदिए । त्यसअघि खेलमा मायमीले अग्रता लिएको थियो । मायमीका लागि मेस्सीले २३ मिनेटमा गोल गरेका थिए ।

मायमीका लागि मेस्सीले खेलेका अहिलेसम्मका सबै खेलमा गोल गरेका छन् । उनले पछिल्ला ७ खेलमा लगातार गोल गर्दै गोल संख्या १० पुर्‍याइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:४०
Weather Update