News Griha :: न्यूजगृह
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरको दोस्रो जित

काठमाडौं— म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको छ । शनिबार राति भएको खेल आफ्नो पक्षमा पार्दै म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको हो ।

सिटीका लागि जुलियन एल्भारेजले पहिलो हाफमा निर्णायक गोल गरेका थिए भने ब्राइटनले उल्भ्सलाई ४–१ ले हराएको छ ।

अर्को खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो । नयाँ सिजनमा टोटनहमको यो पहिलो जित हो ।

पहिलो जितका लागि लिभरपुलले बर्नमाउथलाई ३–१ को पुनरागमन गरेको छ भने ब्रेन्टफोर्डले फुलहमलाई ३–० ले पराजित गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०८:५२
Weather Update