काठमाडौं— इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार लिभरपुलले जित हासिल गरेको छ । लिभरपुलले बर्नमाउथलाई पराजित गर्दै ३ अंक हासिल गरेको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको लिभरपुलले ३—१ को पुनरागमन जित दर्ता गरेको हो ।
लिभरपुलको जितमा लुइस डियाज, मोहम्मद सालाह र डिएगो जोटाले समान एक गोल गरे । बर्नमाउथका लागि एन्टोवान सेमेन्योले एकमात्र गोल गरेका थिए ।
खेलको २८औं मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको ८ मिनेट पश्चात बर्नमाउका रोथवेलले पेनाल्टी बक्सभित्र फाउल गरेपछि लिभरपुललाई पेनाल्टीमार्फत अग्रता लिने अवसर प्राप्त भयो ।
सलाहको पेनाल्टी बोर्नमाउथका गोलरक्षक नेटोले बचाउन सफल भएपनि सलाहले रिबाउन्डमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५८औं मिनेटमा अलेक्सिस मकालिस्टरले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । तर त्यसको ४ मिनेटपछि नै जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए र जित सुनिश्चित गरे ।