इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले युनाइटेडलाई हरायो

काठमाडौं— इंग्लिस प्रिमियर लिगअन्तर्गत टोटेनहम हट्सपरले शनिबार म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा टोटेनहमले युनाइटेडमाथि २—० को जित दर्ता गरेको हो ।
टोटेनहमका पापे माटर सारले गोल गरे । युनाइटेडका एन्टोनिको प्रहार पोस्टमा लागेर फर्कंदा युनाइटेड बराबरी गर्नबाट चुकेको थियो । खेलको अन्त्यमा टोटेनहमले अग्रता दोब्बर पार्यो ।
युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले बायाँ विंगबाट खेलेको पासलाई आफ्नै पोस्टको दिशा दिएपछि स्पर्सको जित पक्का भएको थियो ।
टोटेनहम पहिलो खेलमा ब्रेन्टफर्डसँग २—२ को बराबरीमा रोकिँदा युनाइटेडले वल्भ्सलाई १—० ले हराएको थियो ।
प्रिमियर लिगअन्तर्गत आइतबार मध्यराति १२:४५ बजे हुने खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाईटेडसँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० ०६:१५