News Griha :: न्यूजगृह
मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रितमलाई 

काठमाडौं— विश्वभरका नेपालीभाषी प्रतिभाहरूको सहभागिता रहेको रियालिटी शो मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रितम राईले जितेका छन् ।

शनिबार प्रधानमन्त्री प्रचण्डसहितको सहभागितामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको ग्रान्ड फिनालेमा बढी भोट पाएको आधारमा राई विजेता घोषित भए । उनले नगद १ करोड रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार दिएका थिए । 

यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप,  शरद हुमागाईँ, सेकेन्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरूले पनि नगद पुरस्कार पाएका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २२:५२
Weather Update