News Griha :: न्यूजगृह
नेपालमा पहिलोपटक ब्याडमिन्टन एशियाको प्रतियोगिता हुँदै

काठमाडौं— नेपालमा पहिलोपटक ब्याडमिन्टन एशिया (साउथ एशिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।  डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवर्द्धन र प्रतिस्पर्धा गर्ने उद्देश्यअनुरूप एशिया ब्याडमिन्टनले कार्यक्रम नेपालमा आयोजना गरेको हो ।

नेपाल ब्याडमिन्टन संघले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आगामी भदौ १ गतेदेखि ५ गतेसम्म यु–१५ र यु–१७ साउथ एशिया रिजनल च्याम्यिनसिपमा गर्ने जनाएको छ ।

उक्त च्याम्पियनसिपमा यु–१५ र यु–१७ उमेरसमूहमा दक्षिण एशियाका ६ डेभलपिङ राष्ट्र नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानका खेलाडीको रहने छन् ।

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालयमा रहेको एपीएफ क्लबमा हुनेछ । यस च्याम्पियनससिपमा यु–१५ तर्फ गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, ब्वाइज डबल्स, गर्ल्स  डबल्स र मिक्स गरी ५ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

यु–१७ मा पनि गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्समा प्रतिस्पर्धा हुनेछ । यी दुवै उमेर समूहमा टिम प्रतिस्पर्धा पनि हुने ब्याडमिन्टन संघले जनाएको छ ।

आयोजक नेपालबाहेक ५ राष्ट्रबाट समान ८ खेलाडीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने एशिया ब्याडमिन्टनकी ब्याडमिन्टन एशियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले जानकारी दिइन् ।

आयोजक राष्ट्र भएकाले नेपालले भने १६ खेलाडीलाई खेलाउन पाउने भएको छ । ब्याडमिन्टन एशियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले एशियामा रहेका ब्याडमिन्डनको अल्पविकसित राष्ट्रमा यस किसिमका कार्यक्रम सुरु गरिएको बताइन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २०:३५
Weather Update