News Griha :: न्यूजगृह
महिला विश्वकपको फाइनलमा इंग्ल्यान्ड र स्पेन

काठमाडौं— महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत इंग्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इंग्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै  इंग्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ । यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुबै टोली पहिलोपटक फाइनलमा पुगेका हुन् ।

सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०७:३५
Weather Update