म्यानचेस्टर सिटी बन्यो यूईएफए सुपर कप च्याम्पियन

काठमाडौं— इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए सुपर कप च्याम्पियन बनेको छ । स्पेनिस क्लब सेभियालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जितेको हो ।
खेल बुधबार ग्रीसको एथेन्समा भएको थियो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा सिटीका सबै एर्लिङ ब्राउट हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गरे ।
सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गनए सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० ०७:२०