News Griha :: न्यूजगृह
चलचित्र ‘ऐँचो पैँचो’ को भूमिकाबारे के भन्छिन् स्वस्तिमा ?

काठमाडौं— अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ ।

स्वस्तिमाले यो चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै स्वस्तिमाले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् ।

स्वस्तिमाले भनिन्, ‘एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।’

स्वस्तिमाले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन् । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री खड्काले चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरक रूपमा पाउने स्वस्तिमाको भनाइ थियो । स्वस्तिमाले भनिन्, ‘मैले कलात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्वपूर्ण छ ।’ 

कृषा चौलागाईँको निर्देशक रहेको उक्त चलचित्रमा स्वस्तिमा, कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।   

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:५७
Weather Update