
काठमाडौं— फिफा महिला विश्वकप फुटबलको फाइनलमा स्पेन प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्विडेनलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको हो ।
स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गर्दा नतिजा स्पेनको पक्षमा भयो ।
स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गर्दा ८१ औं मिनेटमा पारालुयलोले गोल फर्काउँदै स्पेनलाई अग्रता दिलाइन् । तर, खेलको ८८औं मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा पुर्याउँदा ९०औं मिनेटमा कार्मोनाले गरेको गोलले नै स्पेनको फाइनल यात्रा पक्का गर्यो ।
यसैबीच सेमिफाइनलको अर्को खेलमा बुधबार आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । अब फाइनलमा स्पेनले आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।