News Griha :: न्यूजगृह
इन्टर मायमी लिग–२०२३ को फाइनलमा

काठमाडौं— अमेरिकी क्लब इन्टर मायमी लिग कप–२०२३ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलले पराजित गर्दै मायमी फाइनलमा पुगेको हो ।

मायमीका लागि  कप्तान लियोनेल मेस्सी, जोसेफ मार्टिनेज,जोर्डी अल्बा र डेविड अ‍ोचोआले १–१ गोल गरे ।

आलेहान्द्रो बेडोयाले घरेलु टोलीका लागि गोल फर्काए । दोस्रो हाफको मध्यतिर फिलाडेल्फियाका बेडेयाले गोल फर्काए । तर ६ मिनेट बाँकी रहँदा अ‍ोचोआको गोलसँगै मायमीले ४–१ को जित पक्का गर्‍यो ।

अब मायमीले फाइनलमा नाशभिल र मोन्टरेबीच खेलको विजेतासँग खेल्नेछ । फाइनल आगामी शनिबार हुनेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०७:५६
Weather Update