News Griha :: न्यूजगृह
‘बालविकास शिक्षकको विशेष पहलमा महासंघले आन्दोलन सुरु गर्‍यो’

काठमाडौं— नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले बालविकास शिक्षकको विशेष पहलमा नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको दाबी गरेको छ ।

महासंघले सुरु गरेको आन्दोलनमा सहभागी भएकोमा बालविकास शिक्षकलाई धन्यवाद दिँदै समितिले आगामी आन्दोलनमा पनि उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ ।

आइतबार प्रदेश, जिल्ला र स्थानीय अध्यक्षहरूलाई पत्र पठाउँदै केन्द्रीय अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिको विशेष पहल कदमीमा नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गर्‍यो ।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:४६
Weather Update